STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कारखाना आगलागीमा परी १९ व्यक्ति मारिए

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १३, सोमबार

चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० मा आगलागी शुरु भएको बताइएको छ । स्थानीय समयानुसार सोमबार बिहान ६ बजे सो आगलागीमा परी मारिने व्यक्तिको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ । यस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय