STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कामपा–३२ मा एमाले विजयी

Janjati Khabar | २०७९ जेठ ६, शुक्रबार

मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ ।  गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार नवराज पराजुलीसहित प्यानलनै विजयी भएको छ ।  

नवराजले एकीकृत समाजवादीका निकटतम प्रतिद्वन्द्वी सीतादेवी कँडेल ९पराजुली० लाई दुई हजार ११७ मतले पछि पार्दै प्यानलसहित विजय हुनुभएको हो । यसअघिको निर्वाचनमा पनि उक्त स्थानबाट यही समूह विजय भएको थियो ।

अध्यक्षमा विजय हुनुभएका नवराजले पाँच हजार २२५ मत प्राप्त गर्नुभएको हो भने सीतादेवीले तीन हजार १०८ मत प्राप्त गर्नुभएको बताइएको छ ।

त्यसैगरी सदस्यमा एमालेका तर्फबाट भगवान् बुढाथोकी र हरिबहादुर बस्नेत विजयी हुनुभएको छ । महिला सदस्यमा हीरादेवी पाखरेल र दलित महिला सदस्यमा सीता विसुङ्खे विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो । 

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नौ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २९,  र ३१ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, २८, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

Categorized in राजनीति