STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कान्छीमा श्वेता र दयाहाङको रोमान्स

Janjati Khabar – जनजाति खबर | २०७४ माघ ९, मंगलबार

ब्लकबस्टर फिल्म ‘कोहिनुर’को सफलतापछि सोही ब्यनरबाट ‘कान्छी’ निर्माण भएको छ । यसको ट्रेलर मंगलबार सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ । श्वेताले फिल्म निर्माण गरेकी हुन् । निर्देशन आकाश अधिकारी हुन् ।
ट्रेलर हेर्दा फिल्म प्रेम-रोमान्सकै सेरोफेरोमा घुमेको बुझ्न सकिन्छ । फिल्मलाई हास्यरसयुक्त बनाइएको पनि छनक मिल्छ । मुस्ताङको दृश्यलाई पृष्टभूमिमा राखेर बनाइएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फागुन ४ मा देशव्यापी सार्वजनिक हुने फिल्म मनोरञ्जनको पूर्ण प्याकेज भएको निर्माणपक्षको भनाई छ । https://youtu.be/VT3ijTZLFUg
Categorized in सिनेमा