relans
ni new 83
nib 2082 5

कात्तिक ७ गतेदेखि क्लिन फिड लागु • विदेशी च्यानलमा विज्ञापन नआउने

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २८, बुधबार

काठमाडौं – कात्तिक ७ गतेदेखि क्लिन फिड लागु गर्दै सरकारले नेपालमा बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ ।

नेपालमा विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरेमा सरकारले च्यानल बन्द गर्ने चेतावनी दिएको हो।

विज्ञापनरहित च्यानलमा नेपाली विज्ञापन पनि नराख्न संसदीय समितिले यसअघि नै सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयलाई निर्देशन दिइसकेको छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कात्तिक सात गतेदेखि नेपालमा क्लिन(फिड लागू हुने मन्त्रालयले जानकारी गराएको छ।

मन्त्रालयले सूचना जारी गर्दै विभिन्न संघसंस्थाको आग्रह भए पनि लागू हुने मिति सार्न नसकिने प्रष्ट पारेको छ। ऐनले तयारीका लागि भन्दै एक वर्ष समय दिएको तर अझै पनि तयारीका लागि भनेर समय थप गर्न नसकिने मन्त्रालयले बताएको छ।

यसअघि क्लिन-फिड लागू गर्ने म्याद थप गर्न भारतीय प्रसारक मञ्च, विभिन्न टेलिभिजन नेटवर्क तथा नेपालका केवल टेलिभिज संघहरुले आग्रह गरेका थिए।

Categorized in राष्ट्रिय
ppp 2