STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कात्तिक १२ गते संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आउने

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३, शुक्रबार

काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कात्तिक १२ गते नेपाल भ्रमणमा आउने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महासचिव गुटेरेसको कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

यसअघि महासचिव गुटेरेस असोज २६ गते नेपाल आउने भनिए पनि इजरायल-प्यालेस्टाइन युद्धका कारण उनको भ्रमण स्थगित भएको थियो। परराष्ट्र मन्त्रालयले गुटेरेसको अनुकुलतामा नयाँ मिति तय गरिने बताएको थियो। 

द्वन्द्वकालीन मुद्दाको किनारा लगाउन राजनीतिक दलहरूलाई सकस भइरहेका बेला महासचिव गुटेरेस नेपाल आउन लागेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा उनी काठमाडौं आउन लागेका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका बेला असोज पहिलो साता प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसलाई भेटेर नेपाल भ्रमणको निम्तो दिएका थिए। 

नेपाल बसाइका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, राजनीतिक दलका नेतासँग भेट गर्ने कार्यक्रम तय भएको थियो।  गुटेरेसले द्वन्द्वकालका पीडितहरूसँग समेत भेट गर्ने तयारी गरेका थिए।

Categorized in राजनीति