STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं १ वडाबाट नेकपा एमालेले विजयी सुरुवात

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १, आइतबार

काठमाडौं - काठमाडौं महानगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ।

वडा नम्बर १ मा एमालेका अध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठ ६२२ मतसहित विजयी भएका छन्। उनका निकटम प्रतिपद्वन्द्वी कांग्रेसका किरण श्रेष्ठ २४ मतले पराजित भएका छन्। उनले ५९८ त प्राप्त गरे।

यहाँ महिला सदस्य पनि एमालेले जितेको छ। एमालेकी रसला तण्डुकार ७८५ मतसहित निर्वाचित भइन्। उनकी प्रतिद्वन्द्वी बिन्दु प्याकुरेलले ६२९ मत पाइन्।

दलित महिला सदस्यमा भने कांग्रेस विजयी भएको छ। कांग्रेसबाट दलित महिला मिना सुनार ७७५ मतसहित निर्वाचित भएकी छन्। उनकी प्रतिद्वन्द्वी इन्द्रकुमारी परियार ६९५ मतसहित पराजित भएकी छन्।

त्यसैगरी दुइवटा सदस्यमा पनि कांग्रेसले नै जित हासिल गरेको छ। कांग्रेसका रोशन श्रेष्ठ ६८१ र शुभरत्न खड्गीले ६६२ मतसहित विजयी भए।

एमालेका अशोक कुमार श्रेष्ठ बाणा ४१९ र श्याम सुन्दर प्रजापति ४४५ मतसहित पराजित रहे।

वडा नम्बर १ मा मेयरतर्फ बालेन शाहले ७८३ मत प्राप्त गरेका छन् भने कांग्रेसकी सिर्जना सिंहले ५५१ मत पाएकी छन्। एमालेका केशव स्थापितले ३६५ मत पाएका छन्।

Categorized in राजनीति