STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं महानगरले बन्द गरायो शैक्षिक मेला

Janjati Khabar – Janjati Khabar | २०८० जेठ ३२, बिहिबार

 

काठमाडौं - मापदण्ड विपरित मेला आयोजना गरेको भन्दै काठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान एडुफेयर बन्द गराएको छ ।

बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको (शैक्षिक मेला) को आठौं संस्करण महानगरले दिएको मापदण्ड भन्दा विपरित एसईईको नतिजा नै नआइकन विद्यार्थीहरुलाई प्रलोभनमा परेको पाइएको भन्दै मेला बन्द गराएको हो ।

काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेलामा एसईईको नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, दबाब दिने कार्य गरेको पाएकाले मेला बन्द गराएको बताए ।

उनले एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेला अनधिकृत रुपमा सञ्चालन भएको बताए । उनले मेलामा विद्यार्थीहरुलाई बोलाएर भर्ना प्रक्रियाको विषयमा जानकारी गराउने र भर्ना शुल्कको समेत विज्ञापन गरेको पाइएको बताए ।

मेला आयोजकले महानगरले अनावश्यक रुपमा मेला बन्द गराएको बताएको छ कान्तिपुर पब्लिकेसनसमेत आयोजक रहेको मेला ३ असारसम्म सञ्चालन हुने बताइएको थियो ।

Categorized in शिक्षा