STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं महानगरअगाडि फुटपाथ व्यवसायीको विरोध प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०८० माघ ९, मंगलबार

काठमाडौं- काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले प्रदर्शन गरेका छन् ।

महानगर प्रहरीले फुटपाथ व्यवसायीहरुको ठेला, गाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि उनीहरुले सोमबार महानगर कार्यालय काठमाडौं प्लाजा अगाडि प्रदर्शन गरेका हुन् । पछिल्लो समय नगर प्रहरीले थप कडाइ गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।

फुटपाथ तथा साना व्यवसायीहरुले अहिले काठमाडौं प्लाजाको पुतली सडक तर्फ रहेको मुलगेटमा धर्ना दिइरहेका छन् । नेपाल प्रहरीसहित नगर प्रहरीको टोलीले गेटमा सुरक्षा दिइरहेको छ ।

महानगरको विभिन्न स्थानबाट फुटपाथ व्यवसायीका ३८ थान ठेलागाडा र ३९ थान साइकल जफत गरेको नगर प्रहरीले बताएको छ । आन्दोलनको अगुवाई गरेका अभियान्ता कुमार सापकोटोले नगर प्रहरीले लुटको शैलीमा फुटपाथ व्यवसायीको सामान जफत गरेका कारण आन्दोलनमा उत्रिनु परेको बताए ।

‘उहाँहरुले सामान जफत गर्दा कतिजना फुटपाथ व्यवसायीहरुको गलामा लगाएको गहना, मोबाइल समेत हराएको छ । 

Categorized in उपत्यका