STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं उपत्यकामा भारी वर्षा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २१, सोमबार

काठमाडौं- हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ । गएरातीदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।

लगातारको वर्षाका कारण उपत्याका बिभिन्न ठाउँहरु डुवानमा परेका छन् भने नदीहरुमा पानी वहाव बढेको छ । सडकहरु जलमग्न भएका छन् । अविरल वर्षाका कारण ठाउँठाउँमा जमेका पानीले दुईपाङ्ग्रे सवारी तथा साना गाडीहरुलाई आवतजावतमा समस्या भएको छ ।

यसैबीच देशभर आगामी तीन दिनको मौसम अझै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यसैबीच गए रातभरको अबिरल बर्षाको कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात समेत अवरुद्ध भएको जनाइएकाे छ ।

Categorized in स्वास्थ्य-मौसम