STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंमा बिहीबारदेखि निफको छैटौं संस्करण

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र १, बुधबार

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आइरहेको नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को छैटौं संस्करण विहिबार चैत्र २ गतेदेखि आरम्भ हुने भएको छ भने यस महोत्सवको समुदघाटन प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गर्नु हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सो चलचित्र महोत्सवमा  जम्मा ३५ देशका ९५ सिनेमा सहभागी हुने भएका छन् । ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित चैत २ गतेदेखि ६ गतेसम्म चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनुभयो ।

महोत्सव अायोजक समितिका अध्यक्ष पाठकले महोत्सवका सिनेमालाई क्यूएफएक्स चेन अन्तर्गतका चार हलमा देखाउने जानकारी दिंदै अन्तरक्रिया र छलफल सम्बन्धी कार्यक्रम पर्यटन बोर्डको प्रेक्षालयमा हुने कुरा बताउनु भयो । अध्यक्ष पाठकले सो महोत्सव अन्तर्गत रचनात्मक कार्यक्रमलाई विशेष महत्वका साथ सिनेमा क्षेत्र र सम्बन्धित विधाका विज्ञले अन्तरक्रिया पनि हुने कुरा पाठकले बताउनु भयो ।

महोत्सवमा ७ विधामा १४ पुरस्कार प्रदान गरीनेछ भने  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड सिनेमा प्रतिस्पर्धामा छन् । चिनियाँ सिनेमा एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ सिनेमाको भाष्य, बुझाइ र विश्वकै ठूलो सिनेमा बजार’ विषयमा र भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु सिनेमा विषयमा मास्टरक्लास दिनेसमेत अध्यक्ष पाठकले जानकारी दिनु भयो ।

यस्तै, निफमा प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास, भूराजनीतिमा सिनेमाको भूमिका, नेपाली दर्शकको विकासक्रम, सिनेमा नीति : नीति मात्रै कि व्यवहार पनि, सिनेमा कास्टिङ : महत्व र अभ्यास, हास्य व्यंग्यले हौसिएको नेपाली सिनेमा र आमा अभिनेत्री : जिम्मेवारी र करिअरजस्ता विषयमा अन्तरक्रिया तथा छलफल गरिने आयोजक संस्थाले जनाएको छ ।

Categorized in सिनेमा