STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंमा धोबीखोलाले एकजना बगायो

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ८, बिहिबार

काठमाडौं – अबिरल पर्दै रहेकाे वर्षाले काठमाडाै‌ंकाे धाेबिखोलामा पानीकाे सतह बढेर त्यसले एकजनालाई बगाएकाे छ । कालोपुल क्षेत्रमा तरकारी पसल सञ्चालन गर्ने दोलखा घर भएका ६५ वर्षका हरिबहादुर कार्कीलाई कालोपुल क्षेत्रबाट बगाएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ । साँझ साढे ५ बजेतिर खबर आएपछि नेपाल प्रहरीको विपद व्यवस्थापन गुल्म र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले उनको खोजी गरेपनि उनलाई भेट्टाउन सकेकाे छैन ।  बाढीले बगाउँदा एककाे मृत्यु २ बेपत्ता यसैगरी कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाउँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् । तीन जनाले भने जिपबाट हामफालेर ज्यान बचाएका छन् । मोतीपुर भलवाड सडक खण्डमा रहेको यो कजवेमा आएको बाढीले जितपुरमा रहेको स्विच सेवाको बा १ ञ १०८९ नम्बरको गाडी बगाएको हो । गाडीमा प्राधिकरणको जितपुर स्विच सेवाका इन्चार्ज कृष्णप्रसाद पौडेलसहित चार जना प्राधिकरणका कर्मचारी र अन्य दुई जना बाटोमा लिफ्ट मागेर चढ्ने नागरिक थिए । बेपत्ता दुई जनामध्ये गाडीका चालक माधवप्रसाद पाण्डेको शव भेटिएकाे छ । स्विच सेवा इन्चार्ज पौडेल र लिफ्ट मागेर चढ्ने अर्घाखाँची शीतगङ्गा नगरपालिका १३ का केशवप्रसाद भाट भने बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । विद्युत् कर्मचारीहरु विजय पोख्रेल, परशुराम थारु र लिफ्ट मागरे गाडी चढेकी वाणगङ्गा नगरपालिका ९ की शिक्षिका कोपिला अधिकारी भने गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका हुन् । बेपत्ताकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणहरु मिलेर खोजी अघि बढाइएको छ ।
Categorized in अपराध-दुर्घटना