काठमाडौंबाट बाहिरिने बढे
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १०, बुधबार
काठमाडौं– कोरोना संक्रमणको त्रास र जारी लकडाउन लम्बिरहँदा काठमाडौंबाट आ–आफ्ना क्षेत्र जाने बढिरहेका छन् ।
यसअघि हिँडेरै गन्तव्यसम्म पुग्न काठमाडौंबाट निस्किएकाहरुलाई स्थानीय निकायले सवारी सवारी साधनको व्यवस्था गरी लैजान थालेपछि काठमाडौं छोड्नेहरु बढेका छन् ।
लकडाउन लम्बिएसँगै काठमाडौंमा समस्यामा परेकाहरु हिंडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफै सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन् ।
लकडाउन सुरु भएको एक महिना हुनै लाग्दा पनि खुल्ने सम्भावना नदेखिएको र दैनिक काम गरेर खानुपर्नेहरुलाई समस्या परेपछि हिंडेरै घर जानेहरुको संख्या बढ्दै गएको थियो ।
सरकारले भने लकडाउन अवधिभर जो जहाँ छ त्यहिं बस्नुपर्ने र खाद्य सामग्रीको अभाव भए सरकार र स्थानीय तहले राहतको व्यवस्था गर्ने बताउँदै आएको छ । तर राहतले नपुग्ने भएपछि मानिसहरु काठमाडौं छोडिरहेका छन् ।
Categorized in राष्ट्रिय