relans
ni new 83
nib 2082 5

काठमाडौंको नदी करिडोरका सडक बन्द

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १२, शनिबार

काठमाडौं- काठमाडौंको बागमती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन्। सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ।

प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

'नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेमा केन्द्रित छ,' उनले भने।

मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ। 

Categorized in उपत्यका
ppp 2