STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंको ज्याथाबाट नक्कली महसहित एकजना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ७, शुक्रबार

काठमाडौं, माघ ७ - काठमाडौंको ज्याथाबाट नक्कली महसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विभिन्न किसिमका केमिकल प्रयोग गरेर नक्कली मह बनाउने र बेचबिखन गर्ने गरेको आरोपमा प्रहरीले स्थानीय नरेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनको साथबाट ६ हजार ५ सय लिटर नक्कली मह पनि बरामद भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले अखाद्य वस्तु मिसाएर नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्राण्डको नामबाट बजारमा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

स्पर्श ब्राण्ड कुनै पनि निकायमा दर्ता नरहेको पनि प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना