STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंका बाजा खलस्हरुलाई परम्परागत बाजा हस्तान्तरण

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १२, आइतबार

 काठमाडौंका बाजा खलस्हरुलाई शनिवार परम्परागत बाजा हस्तान्तरण गरिएको छ। खुशिँबुस्थित नेपास् बैंक्वेटमा आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ९ ९क० मा परम्परागत बाजा संचालन गरि आएका बाजा खलस्हरुलाई बाजा वितरण गरिएको हो।
बागमती प्रदेश सरकारको विषयगत मन्त्रालयक अन्तर्गत मेधा नेपालको व्यवस्थापनमा आज बाजाहरु वितरण गरिएको हो।
बागमती प्रदेश सभा सदस्य अजय क्रान्ति शाक्यले बाजा खलस्हरुलाई बाजा हस्तान्तरण गरेका थिए। त्यस अवसरमा ४४ वटा बाजा खलस्हरुलाई विभिन्न बाजा प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले नेवार समुदायमा बाजाहरुको महत्वका बारेमा प्रकाश पारेका थिए। उनले बाजा खलस्हरुले काठमाडौं उपत्यकाको संस्कृति जगेर्णा गरिरहेको भन्दै आज वितरण गरिएको बाजाको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरेका थिए।
बाजा खलस्हरुकै माग बमोजिम बाजा वितरण गरिएको भन्दै उनले आउने दिनहरुमा पनि सहयोग निरन्तर जारी रहने बताएका थिए।











Categorized in उपत्यका