STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंका प्रथम मेयर प्रयागराज सिंह सुवाल रहेनन्

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ६, सोमबार

काठमाडौं – तत्कालीन काठमाडौं नगरपालिकाका निर्वाचित प्रथम सभापति (मेयर) प्रयागराजसिंह सुवाल रहेनन् ।

९३ वर्षका सुवालको आइतबार बेलुका ७ः५५ बजे आफ्नै निवासमा निधन भएको हो ।

दिवंगत सुवाललाई श्रद्धाञ्जलि दिन उनको पार्थिव शरीरलाई सोमबार बिहान १० बजेसम्मको लागि ओमबहालस्थित नःबहिलीमा राखिने जनाइएको छ ।

सुवालका दुई छोरा र एक छोरी रहेका छन् ।

११ वर्षकै उमेरमा राणाविरोधी आन्दोलनमा लागेका सुवाल काठमाडौंका मेयर एवं यातायातमन्त्रीसमेत बनेका थिए ।

विसं २०१४ सालमा भएको स्थानीय निर्वाचनबाट तत्कालीन काठमाडौं नगरपालिकाका सभापति (मेयर)मा सुवाल निर्वाचित भएका थिए ।

Categorized in व्यक्तित्व