STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंका औषधि पसलमा अनुगमन, सिटामोल अभाव नरहेको दावी

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ११, मंगलबार

माघ ११, काठमाडौं - सिटामोल औषधिको अभाव भएको चर्चापछि जिल्ला प्रशासन कार्यालयले मंगलबार काठमाडौंका औषधि पसलमा अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको नेतृत्वमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहितको टोलीले त्रिपुरेश्वर, नयाँ बानेश्वरलगायतका क्षेत्रमा रहेका औषधि पसलमा अनुगमन गरेको हो ।

अनगुमनपछि सहायक प्रजिअ पौडेलले हल्ला भए जस्तो बजारमा सिटामोलको अभाव नरहेको बताए । उनले अनुगनका क्रममा सिटामोल यथेष्टमात्रमा भेटिएको बताए ।  

मंगलबारै ललितपुर प्रशासनले औषधि पसलको अनुगमन गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय नेतृत्त्वको टोली बजार अनुगमन गरेको थियो । ललितपुरमा पनि सिटामोल अभाव नरहेको प्रशासनले जनाएको छ ।

Categorized in बिजनेस