STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ मलको भाडामा करोडौ रकम अनियमितता

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ५, आइतबार

बैठकमा सञ्चय कोषका उपप्रमुख अधिकृत भरतराज वस्तीले सुन्धारास्थित काठमाडौँ मलको भाडा सम्बन्धमा सुरुदेखिको अवस्थाका बारेमा विस्तृत जानकारी दिँदै हाल सञ्चय कोषले आफै प्रत्येक पसलसँग सम्झौता गरी भाडा लिदै आएको बताउनुभयो । हाल सो मलमा सञ्चय कोषले करीब ३०० पसलसँग आफैँ सम्झौता गरी मासिक रु एक करोड ३७ लाख भाडा लिँदै आएको छ । सांसदहरुले उक्त मलमा ठेकेदारले टेण्डर गर्ने र बीचैमा छोेड्ने गरेको सम्बन्धमा आवश्यक चासो राख्दै टेण्डर नगरेको विसं २०७३ माघदेखि विसं २०७५ पुससम्मको अवधिमा ‘द काठमाडौँ मल व्यापार सङ्घ’का नाममा भाडा लिँदा ठूलो रकम अनियमता भएको भन्दै छानविन गर्न माग गर्नुभएको थियो । सो अवधिमा ठेकेदारले भाडा दिन नसकेपछि टेण्डर तोडिएको थियो । त्यस्तै बैठकमा सांसदहरुले लुम्बिनीको गुरुयोजना कार्यान्वयनको अवस्था, सो क्षेत्रका विहारलाई पर्यटकको बसोबास र होटल प्रयोजनका लागि प्रयोग गर्न दिन नहुनेमा जोड दिँदै दक्षिणा कोष रकम व्यवस्थित गर्न सुझाव दिनुभएको थियो । बैठकमा लम्बिनी कोषका कामु सदस्य सचिव सरोज भट्टराईले कोषको बक्यौता फछ्र्यौट विवरण, कोषको कामकारवाहीका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
Categorized in राष्ट्रिय