STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौँ प्रमुख पदका उम्मेदवार स्थापित र सिंहद्वारा मतदान

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३०, शुक्रबार


काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार उहाँले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

यसैगरी काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार उहाँले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो ।

कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट  मतदान गर्नुभएको छ ।  मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ गठबन्धन देशको आवश्यकता हो ।” रासस

Categorized in राजनीति