STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौँकाे बुढानिलकण्ठमा पहिरो खसेर एक घर क्षतिग्रस्त

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २९, सोमबार

काठमाडौँ - बुढानिलकण्ठ नगरपालिका वडा नं. ४, पासिकोटमा पहिरो खसेको छ । पासिकोटस्थित कान्तिपुर नमुना बस्तीमा गएराति करिब साढे १ बजेतिर ठूलो आवाजसहित पहिरो खसेको थियो ।

पहिरोले स्थानीय नरेश पाण्डेको घरलाई आंशिक क्षति पुर्याएको बुढानिलकण्ठ नगरपालिकाकी उप–प्रमुख अनिता लामाले जानकारी दिइन् । उनका अनुसार पहिरो लागेर पाण्डको घरको दाहिने मोहडातर्फको कम्पाउण्ड, झ्याल तथा मुख्य गेट र पर्खाललाई गम्भीर क्षति पुर्याएको छ ।

राति ठूलै पहिरो घरमाथिबाट खसेपछि आत्तिएका पाण्डेको परिवारलाई स्थानीय छिमेकीहरूले तत्कालै अर्को घरमा स्थानान्तरण गरी उद्धारमा सहयोग गरेका थिए ।

पहिरो प्रभावित क्षेत्रकाे स्थलगत अनुगमन गर्दै उप–प्रमुख लामाले भनिन्, ‘हामी सबेरैदेखि नगरपालिकाका जनप्रतिनिधिहरू समाजसेवी कैलाश खड्का, विकास श्रेष्ठ, स्थानीय व्यक्तित्वहरू, विपद् व्यवस्थापन टीम र स्थानीय प्रहरी, नगर प्रहरी लगायतका टीमले स्थलगत अनुगमन एवम् विपद् व्यवस्थापन गर्ने प्रक्रियामा छौं । सबैबाट सकरात्मक सहजीकरणको अपेक्षा राख्दछौं ।’

Categorized in अपराध-दुर्घटना