STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडाैंबाट 'भिआइपी' जुवाडेहरु समातिए

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २०, मंगलबार

काठमाडौं । काठमाडौंको कमलादीस्थित एक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु काठमाडाैंका भिआइपी व्यापारीहरु रहेकाे जनाइएकाे छ । जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् । उनीहरु सबैलाई महानगरीय प्रहरी वृत दरबार मार्गबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

फाइल तस्बिर

Categorized in अपराध-दुर्घटना