STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेस सांसद् सूर्यबहादुर केसीको निधन

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १८, मंगलबार

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ ।

सोमबार राती घरमा नै उनको निधन भएको पारिवारिक स्राेतले जनाएको छ ।

६३ वर्षीय केसी केही समयदेखि सुगर र प्रेसरका बिरामी थिए । सुगर डाउन भएर केसीको निधन भएको जनाइएकाे छ ।

तीन वर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च समेत थिए ।

उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापार ब्यवसायमा उनी सफल थिए । सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

Categorized in व्यक्तित्व