STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेस महाधिवेशन : निधि र काेइरालाबीचकाे बैठक सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १५, मंगलबार

काठमाडौं - नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा बसेको उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाको बैठकले केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गर्ने निर्णय गरेको छ।

महाधिवेशनमा सभापतिका आकांक्षी रहेका तीन नेताको बैठकले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

‘आजको बैठकमा केन्द्रीय सदस्यहरूसँग छलफल गरी आगामी रणनीति बनाउने सहमति भएको छ ।’ बैठकमा सहभागी एक नेताले भने । महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेताहरुसँग छुट्टै छलफल गरिने पनि बताइएको छ ।

यसअघि यी तीन नेताहरुले निधि र कोइराला निवासमा छलफल गरेका थिए । उनीहरुबीच महाधिवेशनसम्म मिलेर जाने सहमति पनि भइसकेको छ । महाधिवेशन नजिकिँदै जाँदा नेताहरुको भेटले तीव्रता पाएको हो ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा तय भएको छ।

Categorized in राजनीति