STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर १४, मंगलबार

१४ मंसिर, विराटनगर - कांग्रेसको १४ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो । यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो ।

तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलले उद्घाटन सत्रपछि मात्रै निर्वाचन कार्यक्रम अघि बढाउनु सान्दर्भिक हुने निर्णय गरेपछि निर्वाचन समितिले त्यहीअनुसार नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

जसअनुसार प्रदेश कार्यसमितिको निर्वाचन कार्यक्रमअनुसार मंसिर १६ गते विहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, १७ गते ८ बजेदेखि ११ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने, १ बजेसम्म दाबी विरोध र साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ । मंसिर १८ गते विहान ८ बजेबाट मतदान हुनेछ ।

त्यस्तै, केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मंसिर २४ गते १० बजे अन्तिम नामावली प्रकाशित गर्ने, २५ गते विहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गर्ने, मंसिर २६ गते विहान ८ बजेदेखि १० बजेसम्म मनोनयन पत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने र जाँचबुझ गर्ने, मंसिर २६ गते १२ बजेसम्म दाबीविरोध उपर निर्णय गर्ने कार्यतालिका छ ।

त्यस्तै, मंसिर २६ गते दिउँसो १२ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार नामावली प्रकाशित गर्ने, ४ बजेसम्म मनोनयन फिर्ता लिने र बेलुकी ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।

मंसिर २७ गते बिहान ८ बजेबाट केन्द्रीय कार्यसमितिका लागि मतदान हुनेछ । प्रदेश महाधिवेशनको उद्घाटन कार्यक्रम मंसिर १६ गते नै हुनेछ । त्यस्तै, केन्द्रीय महाधिवेशनको उद्घाटन पनि मं‌सिर २४ गते नै हुनेछ ।

 

Categorized in राजनीति