STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेस नेता नवीन्द्रराज जोशीकाे स्वास्थ्य अवस्था चिन्ताजनक

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ४, बुधबार

काठमाडाैं - मस्तिष्कघातपछि उपचाररत कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकाे स्वास्थ्य अवस्था चिन्ताजनक छ ।

जोशीको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाका अनुसार जाेशीलाई एकाएक गाह्राे भएपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 'स्वास्थ्य अवस्था गम्भीर छ।'

जाेशीलाई थ्यालेमिक ह्‍यामरेज भएको हाे । चिकित्सकका अनुसार उनकाे मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको थियाे, जसलाई शल्यक्रिया गरेर निकाल्न निकै जटिल छ । यद्यपि, सानो शल्यक्रिया गरेर मस्तिष्कको चाप घटाउन ड्रेन पाइप राखिएको छ ।

उनलाई १३ फागुन राति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । भाेलिपल्ट १४ फागुन बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको थियाे ।

३० साउन २०७३ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नेतृत्वमा गठन भएकाे सरकारमा जोशी उद्योगमन्त्री थिए । उनी २०७४ सालमा भएकाे प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट वाम गठबन्धनका उम्मेदवार जीवनराज श्रेष्ठसँग पराजित भएका थिए।

त्यसअघि संविधानसभा चुनावमा उनले साेही निर्वाचन क्षेत्रबाट जितेका थिए । जोशी काठमाडौँ महानगरपालिकामा पूर्वउपप्रमुख पनि हुन् । २०३६ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौँ जिल्ला अध्यक्ष, केन्द्रीय महामन्त्री हुँदै मूल पार्टी केन्द्रीय सदस्यकाे जिम्मेवारीमा छन् । राजनीतिक यात्राका क्रममा उनी पटक-पटक पक्राउ परी हिरासतमा बसेका थिए ।

Categorized in व्यक्तित्व