STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेसले पायो प्रमुख प्रतिपक्ष दलको मान्यता

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ९, सोमबार

काठमाडौं - नेपाली कांग्रेसले प्रतिपक्ष दलको मान्यता प्राप्त गरेको छ । संघीय संसद् सचिवालयले माघ ४ गते लेखेको पत्रमा कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिँदै प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवाको सेवा सुविधा पनि तोकेको छ ।

सचिवालयका उपसचिव रामहरि थापाद्वारा लिखित पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेर वहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

यसअघि कांग्रेसले सचिवालयमा कांग्रेसलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाएका भन्दै बाहिर आलोचना भइरहेको छ ।

यद्यपि, संसद् सचिवालयले कांग्रेसलाई विपक्षी दलको मान्यता दिँदै सेवासुविधा उपलब्ध हुने पत्रमा उल्लेख गरेको छ ।

Categorized in राजनीति