STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कलाकार संघद्वारा पीडित कलाकार तथा प्राबिधिकहरुलाई राहत

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २५, आइतबार

विजयरत्न असंबरे


नेपालको चलचित्र क्षेत्रको एउटा अग्रज संस्थाका रुपमा रहेको नेपाल चलचित्र कलाकार संघले काठमाडौँको कपन क्षेत्रमा बसोबास गर्ने लकडाउन को कारण पीडा भोगिरहेका ४३ पीडित जुनियर कलाकारका घर परिवार तथा प्राबिधिकहरुका घर परिवार लाइ राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । कोभिड-१९ तथा लकडाउनको समस्यामा परेका तथा कोरोना भाइरसको महामारीले गर्दा दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने कलाकारहरुको अबस्था दयनिय भईरहेको बेला नेपाल चलचित्र कलाकार संघले राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको हो । नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अधक्ष् रबिन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, महासचिब चेत बहादुर सिंह”राजा”, सदस्यहरु गोपाल ढकाल “छन्दे”, उद्धब प्रसाद भट्टराई, धर्मानन्द आचार्य “धर्मेन्द्र”, शारदा नेपाल “गीता”, रामेश्वर बुर्लाकोटी, प्रेश संयोजक सुर्य चन्द र समाजसेवी तथा कलाकार द्वय शंकरलाल श्रेष्ठ र सुभाष खड्काको उपस्थितिमा पिडित परिवारहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारिको समन्वयमा शहरी बिकाश राज्य मन्त्रि माननीय रामबिर मानन्धर तथा सुशिला संरक्षण सेवा केन्द्रका अध्यक्ष भुवन पराजुलीको सहयोगमा जुटेको उक्त राहत सामग्री कलाकार संघले राहतबिहिन परिवारलाइ हस्तान्तरण गरिएको नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अधक्ष्य रबिन्द्र खड्काले जानकारी गराएका छन् भने सम्पूर्ण सहयोगीहरुलाई यस संकटको घडिमा राहत उपलब्ध गराएकोमा धन्यबाद समेत ब्यक्त गरेका छन् । कलाकारहरुको सबै भन्दा जेष्ठ संस्था नेपाल चलचित्र कलाकार संघ भएको हुँदा सम्पूर्ण कलाकारहरुको हकहितको लागि संघ सदैब कटिबद्धता रहने र पिडामा परेका कलाकारहरुलाइ निरन्तर सेवा कार्यमा जुटिरहने कुरा पनि अध्यक्ष खड्काले बताए । राहात वितरण कार्यको संयोजकत्व संघको सदस्य शारदा नेपाल गीताले गरेकी थिइन् ।
Categorized in सिनेमा