STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २८, बुधबार

काठमाडौंको कलंकी चोकमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।

Categorized in अपराध-दुर्घटना