STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कर्मचारीमा कोरोना पुष्टि भएपछि यूएई नेपाली दूतावासकाे कन्सुलर सेवा बन्द

Janjati Khabar – Janjati Khabar | २०७७ माघ ६, मंगलबार

तीन जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यूएईमा रहेको नेपाली दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै दूतावासले आज मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्रप्रमाणिकरण लगायत अन्य कागजात प्रमाणिकरणको काम अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।

तर अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने दूतावासले उल्लेख गरेको छ ।

दूतावासको फ्रन्ट लाइनमा कार्यरत ३ जना स्थानीय कर्मचारीमा कोरोना सङ्क्रमण भएको छ । अत्यावश्यक कामका लागि भने दूतावासमा ०२६३४४३८५ नम्बरमा फोन गरेर या e0nabudhabi@mofa.gov.np मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय