STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कर्णाली प्रदेशमा अन्तर्राष्ट्रीय चलचित्र महोत्सव हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ २२, सोमबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’को आयोजना हुने भएको छ ।

कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उदेश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना गर्न लागिएको कुरा सोमबार चलचित्र बिकास बोर्डमा आयोजित एक कार्यक्रमका बीच रेडचेरी मिडिया प्राली र कर्णाली प्रदेश सरकार तथा चलचित्र विकास बोर्डको सहकार्यमा हुने कुराको जानकारी गराइएको छ भने सोही कार्यक्रममा महोत्सवको लोगो सार्वजनिक गरियो ।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताए । प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने  उदेश्य रहेको र सिनेमाको माध्यमले पर्यटनलाई प्रवर्द्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेको कुरा चन्दले बताए ।

कार्यक्रममा उपस्थित प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा चलचित्र छायाङ्कनको गन्तव्य बनाउन संसदमा आवाज उठाउने प्रतिबद्धता पोखे ।

सो कार्यक्रममा पुर्व राज्यमन्त्री कुन्ती कुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हास्यकलाकार हिमेश पन्त, मध्येपश्चिमाञ्चल विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर महेन्द्र बहादुर मल्ल, निर्देशक रामशरण पाठक र निर्मात्री रज्जु प्रधान लगायतको विशेष उपस्थिती रहेको थियो ।

Categorized in सिनेमा