STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कमलपाेखरी पुनर्निर्माण : ढुंगा, कंक्रिटको प्रयोगमा स्थानीयकाे विरोध

Janjati Khabar – Janjati Khabar | २०७७ माघ ३, शनिबार

 काठमाडाैँ - कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै शुक्रबार स्थानीयले बिरोध जनाएका हुन् ।

कमलपोखरीको पुनर्निर्माणमा ढिलाई भएको तथा यसको महत्वलाई नै मास्नेगरी ढुंगा, कंक्रिटको प्रयोग गरी निर्माण गरिएको कारण विरोधमा उत्रिनुपरेको स्थानीयले बताएका छन् । पहिले देखाइएको डिजाइनभन्दा फरक किसिमले निर्माण कार्य भइरहेको र सम्पदा माथि नै अतिक्रमण गरिएको स्थानीयको भनाई छ ।

ठेकेदार कम्पनिले आवश्यकताभन्दा कम जनशक्ति राखेर काम गरेकाले काममा ढिलाई भइरहेको वडासदस्य राजकुमार श्रेष्ठले बताए । कमलपोखरीको स्रोत नै सुकेर जाने तथा पहिलेको कमलपोखरीको अवस्था नरहने चिन्ताका कारण स्थानीयले विरोध गरिरहेको उनको भनाई छ ।

काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण गरिरहेको छ । पुरानो ऐतिहासिकतालाई जोगाउँदै पुनर्निर्माण गर्ने महानगरपालिकाले बताउँदै आएपछि स्थानीयले भने पूरानो ऐतिहासिकता मासेर कमलपोखरीको पुनर्निमाण गरिएको भन्दै विरोध जनाउँदै आएका छन् ।

यता काठमाडौँ महानगरपालिकाले भने स्थानीयसँगको छलफलमै कमलपोखरीको संरचना बनाउन लागेको बताएको छ । कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पुजा गरिदै आएको छ । छठ पुजा गर्न मण्डप निर्माण गर्ने स्थानीयसँगकै सहमति अनुरुप निर्माण गर्दा पोखरीको चारैतर्फ घाट निर्माण गर्दा केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको अन्यथा ढुंगा सिमेन्टको प्रयोग नभएको काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

खाली जमिन तथा पैदल हिँड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाइ छ । करिब ७ करोडको लागतमा कमलपोखरी पुनर्निर्माण हुन लागेको जानकारी दिदैँ उनले आगामी बैशाखसम्ममा सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य राखिएको बताए ।

Categorized in उपत्यका