STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कपन आगलागीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ५, बुधबार

काठमाडौँ — बुढानीलकण्ठ नगरपालिकास्थित कपनको एक घरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एजेन्सी सञ्चालकले भुइँतलामा राखेका सिलिन्डरहरू पड्किएपछि त्यही फ्लाटमा बस्नेहरु तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र शवलाई टिचिङमा लगिएको छ ।  

दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको थियो ।

Categorized in अपराध-दुर्घटना