STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कतार विश्वकपकाे समूह विभाजन ‘ड्र’ सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १९, शनिबार

 

एजेन्सी - कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ सार्वजनिक भएको छ । दोहामा शुक्रबार एक कार्यक्रमकाबीच विश्वकपको समूह चरणको समूह विभाजन सार्वजनिक गरिएको हो ।

सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह डी मा परेको छ । तुलनात्मक सहज रहेको यस समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । यस समूहमा युएई, अष्ट्रेलिया र पेरुमध्ये एक टोली आउने छन् ।

यस्तै उपाधि दाबेदार स्पेन र जर्मनी एकै समूहमा परेका छन् । यस समूह ई मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्डबीचको विजेता यस समूहमा हुने छन् । अर्जेन्टिना समूह सी मा छ । यस समूहमा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । पोर्चुगल सहज समूह एच मा परेको छ । यस समूहमा पोर्चुगलसहित उरुग्वे, दक्षिण कोरिया र घाना छन् ।

ब्राजिल समूह जी मा रहेको छ । यस समूहमा स्विजरल्याण्ड, सर्बिया र क्यामरुन छन् ।

आयोजक कतार समूह ए तथा इंग्ल्यान्ड समूह बी मा छन् । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ । 

Categorized in खेलकुद