STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ओली कामचलाउ मात्र : माधव नेपाल

Janjati Khabar – Janjati Khabar | २०७७ माघ ७, बुधबार

काठमाडाैँ - नेकपाका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताएका छन् ।

आफु निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताए ।

अध्यक्ष नेपालले आफु प्रचण्डको कार्यकर्ता भनि ओलीले गरेको टिप्पणीको जवाफ दिदैँ ओरिजिनल एमाले केपी ओली नभई आफु भएको जिकिर गरे । एकिकरणपछि एमाले तथा माओवादी पार्टी इतिहास भइसकेको भन्दै उनले अब ती पार्टी नब्युँतिने पनि बताए ।

Categorized in राजनीति