STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओलीलाई नेकपा अध्यक्षबाट हटाइयो

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ७, मंगलबार

काठमाडौं – नेकपाको अध्यक्ष पुष्पकमल दाहाल–वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ ।

बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो ।

बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको यो पक्षका नेताहरुले बताएका छन् ।

उनलाई राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टी निर्णय पटकपटक उलंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप प्रस्तावमा लगाइएको छ ।

Categorized in राजनीति