STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ओलीको केन्द्रीय कमिटी बैठकमा वामदेव गौतम सहभागी

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १८, शुक्रबार

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार गएका छन् ।

नवौं महाधिवेशनको हैसियत अनुसार बैठकमा सहभागी हुन पत्र पठाइएकाले गौतम बैठकमा सहभागी हुन लागेको उनको सचिवालयले जनाएको छ।

माधव नेपाल पक्षले भने आजको बैठक स्थगित गर्न र अझै सहमतिको लागि छलफल गर्न माग गरेको छ । २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेदेखि गौतम तटस्थ बनेका छन् ।

उनले एमाले एकता अभियान गठन गरेका छन् । गौतम यसबीचमा संसदीय दलको बैठकमा भाग लिए पनि एमालेको केन्द्रीय कमिटी वा महाधिवेशन आयोजक कमिटी बैठकमा भाग लिएका थिएनन् ।

Categorized in राजनीति