STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

" ए साथी सुन ” को लिरिकल गीत सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख १८, सोमबार

विख्यात अभिनेता जयनन्द लामा अभिनित अन्तिम सिनेमा " ए साथी सुन ” को " मनले भन्छ ” बोलको गीतको  लिरिकल गीत सार्वजनिक भएको छ । यो चलचित्र आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।

स्याड भर्सनमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार बर्षा सिवाकोटी र डेब्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरु समावेश गरिएको छ । सिनेमाको सार्वजनिक लिरिकल मनले भन्छ बोलको गीतमा हर्क साउँदको शब्द रचना तथा उज्वल सागरको संगीत र स्वर सुन्न सकिन्छ ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा बर्षा र रमेशका अलवा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन् । 

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह९निर्मातामा सुदीप पौडेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।https://youtu.be/qPUFRIYXPjY

Categorized in साहित्य-कला