STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ए डिभिजन लिगको पुरस्कार अब ७५ लाख

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १७, आइतबार

सहिद स्मारक ए डिभिजन लिग विजेता टोलीले ७५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार ए डिभिजन लिगको विजेताले ७५ लाख पाउने जनाएको हो । एन्फाले यस पटक पुरस्कार राशीमा वृद्धि गरेर ७५ लाख पुर्‍याएको हो ।

अघिल्लो सिजनको लिग विजेताले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिग उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले क्लबलाई तयारी खर्चका लागि २०-२० लाख समेत उपलब्ध गराउने छ । एन्फाले असोज ३ बाट ए डिभिजन लिग सुरु गर्ने बताए पनि त्यसलाई कात्तिक २९ गतेबाट सुरु गर्ने गरी तालिका परिवर्तन गरिएको छ ।

ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै एन्फाले लिगको नयाँ मिति तय गरेको हो । यसअघि ललितपुरका चार क्लबले कोरोना महामारीको कारण असोज ३ बाट लिग खेल्न नसक्ने भन्दै एन्फालाई ज्ञापनपत्र बुझाएका थिए ।

अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग पछाडि सारिएको हो । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले दाबी पेस गरिसकेका छन् ।

Categorized in खेलकुद