STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एसईई प्रदेशस्तरबाट गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २७, बिहिबार

माघ २७, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) प्रदेशस्तरबाट सञ्चालनको प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्रश्नपत्र तयारीदेखि नतिजा प्रकाशनसम्मको जिम्मेवारी प्रदेशस्तरबाट सञ्चालनको प्रस्ताव मन्त्रिपरिषदमा लगिएको जानकारी दिए ।

उनले भने, ‘परीक्षाको सबै अधिकार प्रदेशलाई दिने तयारी छ । यसअघि देशभरिको नतिजा एकैपटक सार्वजनिक हुन्थ्यो । अब प्रस्ताव स्वीकृत भएपछि जुन प्रदेशले छिटो उत्तरपुस्तिका परीक्षणको काम सक्छ उसले पहिले नतिजा सार्वजनिक गर्न सक्नेछ । प्रस्ताव पारित भए प्रदेशले अनुकूलअनुसार नतिजा सार्वजनिक गर्नसक्ने छन् ।’

शर्माले नतिजा प्रकाशन पनि प्रदेशले गर्ने र प्रमाणीकरण भने बोर्डले गर्ने सिफारिस गरिएको बताए । शर्माले फागुन, चैतमा कक्षा सञ्चालन भई पाठ्यक्रम पूरा हुने र वैशाखमा परीक्षा हुने बताए ।

यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । एसईई वैशाख ९ देखि २० गतेसम्म हुँदैछ ।

Categorized in शिक्षा