STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एसईईको नतिजा आज, यसरी हेर्नसकिन्छ नतिजा

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ११, बुधबार

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दैछ । गत वैशाखमा सञ्चालन भएको परीक्षाको नतिजा आज सार्वजनिक हुन लागेको हो । 

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन भएको थियो । 

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए । कुनै प्राविधिक समस्या नआएको खण्डमा आज साँझसम्म नतिजा प्रकाशन हुने बताइएको छ । 

यसरी हेर्न सकिन्छ :

Categorized in शिक्षा