STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एसईईको उमेर हद हट्यो

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २४, मंगलबार

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन १४ वर्ष पुग्नुपर्ने प्रावधान हटेको छ । विद्यालय तहको अन्तिम परीक्षा १२ मा हुने भएकाले १० कक्षाको वार्षिक परीक्षामा उमेर हद कायम नहुने भएको हो ।

‘विद्यालय तहको अन्तिम परीक्षा १२ भएपछि कानुनी रूपमा १० मा उमेर हद रहँदैन,’ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘यसमा राष्ट्रिय परीक्षा बोर्डले छिट्टै जानकारी गराउँछ ।’

यसअघि विद्यालय तहको अन्तिम परीक्षा एसईई भएकाले कम्तिमा १४ वर्ष उमेर पूरा भएको हुनुपर्ने थियो । प्रवक्ता शर्माका अनुसार अब १४ वर्ष पुगेका विद्यार्थी १२ को परीक्षामा सहभागी हुन पाउनेछन् ।

‘एसईईमा १४ वर्ष थियो त्यो स्वतः १२ कक्षामा सर्छ,’ उनले भने ।

Categorized in शिक्षा