STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एलिना चौहान र डिआर सुजनको नजाउ नभन

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक ४, मंगलबार

नेपालको सांगीतिक क्षेत्रमा अहिले म्युजिक भिडियो एउटा अति आबश्यक भईसकेको छ भने यसै क्रममा  एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  यसमा  डिआर सुजनको शब्द, लालकुमार बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको  छ ।   

पछिल्लो समयमा   म्युजिक भिडियो क्षेत्रमा  व्यस्त मानिने निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको यस   गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ । निसल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकाश दाहालको सम्पादन गरेको छ । गीतमा गरिबिको गन्तव्य परदेश मात्र हैन आफ्नै देशमा पनि धेरै विकल्प छन् भन्ने भाव दर्शाइएको छ ।

गीत तथा भिडियोलाई सम्पूर्ण सञ्चारले बजार मा ल्याएको हो । लालकुमार बरालको आफ्नै युटुब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीतको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ, सबैको माया पाउनेमा आशावादी छौ’, निर्देशक देवेन्द्रले भने ।

Categorized in साहित्य-कला