STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमाले सांसदले गरे संसदका टेबुल तोडफोड

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २५, शुक्रबार

काठमाडौं - नेकपा एमालेका सांसदहरुले संसदमा टेबुल तोडफोड गरेका छन् । सांसदहरुले संसदमा विधेयक टेबुल हुने क्रम चलिरहेका बेला संसदमा टेबुल तोडफोड गरेका हुन् । 

सांसदहरुले पार्टी फुटाउन पाइदैन, संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी समेत गरेका थिए । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी हुँदा टेबल भाँचिएको हो। 

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गर्ने क्रममा सांसद र मर्यादापालकबीच ठेलाठेल भएको हो।

दिउँसो १ बजेबाट सुरु भएको बैठकमा एमाले सांसदहरुले अवरोध गर्दा दुईपटक स्थगित भएको छ। अवरोधकै बीच दुईवटा अध्यादेश पेश भएका छन्।

फाइल तस्बिर

Categorized in राजनीति