STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमाले र माओवादी अलग-अलग रूपमा अघि बढ्ने

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २४, सोमबार

काठमाडाैं - एमाले र माओवादी अलग-अलग रूपमा अघि बढ्ने भएका छन् ।

पेरिसडाँडामा सोमबार बसेको नेकपाको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकमार्फत उनीहरूले अलग्गिने निर्णय गरेका हुन् ।

बैठकको निर्णयबारे जानकारी दिँदै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘एमाले र माओवादी अब अलग-अलग रुपमा अघि बढ्ने भएका छौँ ।'

आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई आधिकारिक मान्दै एमाले र माओवादी केन्द्र ब्यूँतिएको फैसला सुनाएको थियो । उक्त फैसालपछि बसेको प्रचण्ड-माधव समूहको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकमा बोल्ने नेताहरूले एकता जोगाउने सम्भावनाबारे ओली र प्रचण्डले मिलेर छलफल गर्नुपर्ने सुझाएका छन् ।

Categorized in राजनीति