STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमाले बैठकले गर्‌यो २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ४, सोमबार

काठमाडौं -  नेकपा एमालेले २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।

पार्टी अनुशासन नमानेको भन्दै २२ सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले पेश गरेका थिए । बैठकले सो प्रस्ताव पारित गरेको हो ।

२२ जनासँग २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमाले नेता माधवकुमार नेपालसहितका २२ सांसदले मतदान गरेका थिए ।

यस्तै, बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्नेछ ।

Categorized in राजनीति