STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमसीसी पास : नेपाली चेलीहरुको अस्मिता खल्लास

Janjati Khabar – उशाल | २०७८ बैशाख १७, शुक्रबार

देशमा कोरोना कहरको दोस्रो लहरले देशबासीहरु डरत्रासको भुँमरीमा त्राहीत्राही भइरहेको अवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि एमसीसी पक्षधर एमसीसी पास गर्नमा दौडधूपमा व्यस्त छन् । कोरोना महामारीको रोकथाममा भन्दा पनि एमसीसी पास गर्नमै लछारपछार छन् ।

एमसीसी विरोधी सचेत राजनीतिक नेतादेखि बुद्धिजीविहरुले यदि संसदबाट एमसीसी पास गरियो भने पास गर्ने सांसद एवं शासन चलाउने शासकहरु अवश्य पनि देशद्रोही नै ठहरिने ठोकुवा गरिरहेको अवस्था छ भने एमसीसी पक्षधर यदि नेपालमा एमसीसी पास भई आइयो भने देश र जनताको विकास र भलो हुने तर्क दिइरहेका छन् ।

अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेशन अर्थात् एमसीसी, यदि नेपालमा एमसीसी पास भई अमेरिकी सेना भित्रियो भने यो देश सोमालिया त अवश्य हुने नै छ र स्वतन्त्र नेपाल अमेरिकाको अधीनस्थ एक उपनिवेश सिबाय् अरु केही हुने छैन । जुन समय, देशका शासकहरु अमेरिकाको कठपुतली एवं सेरेमोनियल बाहेक अरु केही हुने छैन । अमेरिकाले जे भन्यो, जे ग¥यो, चुपचाप बसी ढुंगाको मूर्ति सरह टुलुटुलु हेरिरहनु बाहेक अरु कुनै विकल्प रहन्नँ ।

अमेरिकाले डलरको प्रलोभन देखाएर लोभी स्वार्थी नेताहरुको मनमा धिमेबाजा बजाइरहेका छन् । बास्तवमा अमेरिकाको स्वार्थ भनेको चीनको गतिविधि बुझ्न र चीनसंग प्रत्यक्ष रुपमा सामना गर्नको लागि नेपाली भूमि रोजेका हुन् र त्यसको वापत नेपालका शासक वर्ग एवं नेताहरुलाई कुकुरको सामू मासुका टुक्रा फालेर तह लगाउनेझैं केही डलर भीख र दान दिएर नेपालमा एमसीसीको स्थापना गर्ने सपना रहेको छ ।

यति मात्र हैन यदि एमसीसी नेपाल आइयो भने नेपालका चेलीबेटीहरुको अस्मिताको ठेगान रहन्नँ, यो स्वयंसिद्ध तथ्य हो भने पनि फरक नपर्ला । किनकि, कुकुरको सामू रहेको मासु कुकुरकै मुखमा झ्वाम् । एमसीसी पास, नेपाली चेलीबेटीहरुको अस्मिता खल्लास ।।

Categorized in विचार