STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमसिसी उपाध्यक्ष र ओलीबीच भेटवार्ता

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २४, बिहिबार

काठमाडौँ - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको टोलीले सबैभन्दा पहिलो भेट अपरान्ह बालकोट पुगेर ओलीसँग गरेको हो । भेटमा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी छन्।

उनीहरु नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुगेका हुन् । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।

Categorized in राजनीति