
एनसेलबाट एक्जियटा बाहिरिने
Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १३, बुधबार

काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट एक्जियटा ग्रुप बाहिरिने भएको छ ।
एक्जिएटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो ।
एनसेलमा एक्जियटा ग्रुपको ८० प्रतिशत शेयर रहेको छ। एक्जियटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको जानकारी दिए । उनले नेपालमा रहेको ग्रुपको ८० शेयर बिक्रीको लागि राखिएको बताएका छन् ।
‘हाम्रो निर्णयले एक्जियटालाई थप मजबुत बनाउने छ। हाम्रा रणनीतिलाई प्राथमिकता दिने र शेयर होल्डरलाई दीर्घकालीन फाइदा हुने छ,’ सुदले भने।
Categorized in बिजनेस