STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एनएमबी बैंक विदेशी संस्था सिडिसी ग्रुपबाट कर्जा लिन सफल नेपालको पहिलो बैंक

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार

एनएमबी बैंकले विदेशी संस्था सिडिसी ग्रुपबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने नेपालको पहिलो बैंक भएको छ । सिडिसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । यो संस्थाले सव– साहारा अफ्रिका तथा दक्षिण एसियाका देशहरूमा रोजगार सिर्जना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ । सिडिसीले यस बैंकको स्थलगत भ्रमण मार्फत बैंककोे योजना, क्षमताको समीक्षालगायतका विष्तृत अध्ययन गरी लगानीका लागि प्रतिवद्वता जनाएको हो । एनएमबी बैंकले नेपाल राष्ट्र बैंकबाट जारी विदेशी लगानीसम्बन्धी नीतिगत व्यवस्थालाई पूर्णरूपमा उपयोग गरी देशमा फेरि पनि विदेशी लगानी भित्र्याउन सफल भएको छ । यस लगानीले विगत लामो समयदेखि देखिँदै आएको तरलता समस्या समाधानका लागि सहयोग पुग्नुका साथै पूर्वाधार विकास, कृषि, साना तथा मझौला, लघु कर्जा र विदेशी मुद्रा आर्जन हुने पर्यटन तथा हाइड्रोपावर क्षेत्रमा लगानी गरी दिगो विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ
Categorized in बिजनेस