STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एघार महिलाको निःशुल्क शल्यक्रिया

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २६, मंगलबार

वातावरणीय कृषि तथा विकास केन्द्र केडको सहयोगमा यहाँका ११ पाठेघर खस्ने समस्या भएका महिलाको काठमाडौँमा निःशुल्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका तीन स्थानीय तहका ११ महिलालाई काठमाडौँस्थित मोडेल अस्पताल पु¥याएर निःशुल्क शल्यक्रिया गराइएको हो । जिल्लामा महिला प्रजनन अधिकारसम्बन्धी काम गर्दै आएको उक्त संस्थाले सबैभन्दा बढी ऐसेलुखर्क गाउँपालिकाका आठ महिलाको शल्यक्रिया गराएको छ । यस्तै, रावाबेँसी गाउँपालिकाका दुई र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक महिलालाई काठमाडौँ जान÷आउन तथा खान÷बस्नको व्यवस्था मिलाइदिएको हो । उनीहरुका साथमा एक÷एक जना कुरुवासमेत पठाइएको जिल्ला कार्यक्रम संयोजक लोचन श्रेष्ठले बताउनुभयो । “जिल्लामा उपचार सम्भव नभएपछि शल्यक्रिया गराउन काठमाडौँ पठाइएको थियो”, उहाँले भन्नुभयो, “अहिले उनीहरु एघारै जनाको सफल शल्यक्रिया भएर घर फर्कने तयारीमा छन् ।” काठमाडौँमा शल्यक्रिया गर्न लाग्ने सम्पूर्ण खर्चको व्यवस्था कम्युनिटी सपोर्ट एशोसिएसन नेपाल ९कोसन०ले उपलब्ध गराएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो । संयोजक श्रेष्ठका अनुसार रावाबेँसी गाउँपालिकामा मात्रै पाठेघर खस्ने समस्या भएका महिला करीब २१ प्रतिशत छन् । उक्त समस्या सबैभन्दा बढी ४० वर्ष नाघेका महिलामा देखिएको साझेदारी संस्था हलेसी विकास मञ्चका कार्यक्रम संयोजक वीरेन्द्र मगरले जानकारी दिनुभयो । केडको कार्यक्रम रावाबेँसी गाउँपालिकामा हलेसी विकास मञ्च र ऐसेलुखर्क गाउँपालिकामा ग्रामीण युवा सशक्तीकरण अनुसन्धान केन्द्रसँगको साझेदारी सञ्चालन भइरहेको छ ।
Categorized in राष्ट्रिय